रेशम चौधरीको रिटमा सर्वोच्चअले अन्तरिम आदेश दिएन, उम्मेदवार हुन नपाउने

काठमाडौं, ११ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा गर्न नपाउनु हुने भएको छ ।
यसअघि निर्वाचन आयोगले कसूर र कैदको अभिलेख कायमै हुने भन्दै उम्मेदवारी रद्द गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । तर आज रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नदिएपछि उहाँले चुनावमा प्रतिस्पर्धा गर्न नपाउने हुनु भएको हो ।सर्वोच्चले मुद्दाको अर्को सुनुवाइ यही माघ १५ गतेलाई तोकेको छ । चौधरीले कैलाली क्षेत्र नम्बर–१ बाट उमेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार  १८ : ०९  बजे