देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक छ, म तयार छु : अध्यक्ष ओली

काठमाडौं, ११ माघ ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एमाले अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ ।

देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के कस्ता काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु लगायत सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धतासहित अन्य पक्षलाई पनि ल्याउन आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार  ०९ : २५  बजे