भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना – सचिव बस्नेत

काठमाडौं, १०  माघ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरको माटो आफ्नै भएको बताउनुभएको छ। उहाँले भक्तपुरको विकासका लागि आफू नथाक्ने बताउँदै भक्तपुरको माटोसँगै यहाँका सपना पनि आफ्नै भएको बताउनुभएको हो । सामाजिक सञ्जालमा शनिबार स्टाटस लेख्दै उहाँले जनताको पीडा, आशा र भरोसालाई आफ्नो जिम्मेवारी ठानेर निस्वार्थ सेवामा समर्पित र देश र भक्तपुरको इज्जत, पहिचान र शिर सधैँ राख्दै इमानदारीताको बाटोमा हिँड्ने दाबी समेत गर्नूभएको छ ।

‘भक्तपुर मेरो माटो हो, यहाँका सपना मेरा सपना हुन्। त्यसैले यसको विकासका लागि म थाक्दिनँ, रोकिँदिनँ’ भन्दै उहाँले भक्तपुर–२ का जनतासगँ मतको अपिल गर्नुभएको छ।

हेर्नुस् उनको काव्यात्मक शैलीको अपिल
भक्तपुर मेरो माटो हो,
यहाँका सपना मेरा सपना हुन्।
त्यसैले यसको विकासका लागि म थाक्दिनँ, रोकिँदिनँ।
जनताको पीडा, आशा र भरोसालाई
आफ्नो जिम्मेवारी ठानेर
निस्वार्थ सेवामा आफू समर्पित गर्नेछु।
देश र भक्तपुरको इज्जत, पहिचान र शिर
सधैँ उँचो राख्न
इमानदारी मेरो मार्ग हुनेछ।
तपाईंको मत(मेरो वाचा।
आफ्नै ठाउँका मान्छे, आफ्नै मनको माया।
हाम्रो भक्तपुर, हाम्रो नेतृत्व।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार  १४ : ०१  बजे