गगन थापाको प्रतिबद्धताः ‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ । केन्द्रीय कार्यालय सानेपामा आज पदबहाली गरेपछि उहाँले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो ।

‘यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’, सभापति थापाले उल्लेख गर्नुभएको छ । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै नागरिकको चाहना र भावनाअनुरूप चुनावमा जाने निर्णय गरेको छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १९ : १२  बजे