अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

काठमाडौं, ७ माघ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर लगाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोख्नुभएको छ ।गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो ।

त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताउनुभयो। उहाँले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।‘अपराधलाई प्रोत्साहित गर्न सकिँदैन ।

आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन,’ उहाँले भन्नुभयो, ‘समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  १३ : ५५  बजे