काठमाडौं, ७ माघ । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएसँगै यो क्षेत्रको चुनावी माहोल निर्णायक मोडमा पुगेको छ। पार्टी संगठनको मजबुत आधार, विगतका उपलब्धि र स्पष्ट विकास दृष्टिकोणका कारण पौडेलको जित पक्का–पक्की जस्तै देखिएको छ।
लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय पौडेललाई आर्थिक नीति, विकास योजनाको कार्यान्वयन र राजनीतिक स्थिरताका अनुभवी नेताका रूपमा चिनिनुहुन्छ। अर्थमन्त्रीका रूपमा रहँदा उहाले कोभिडपछिको अर्थतन्त्र सम्हाल्ने, पूर्वाधार परियोजनालाई गति दिने तथा लगानीमैत्री वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। यही अनुभव र कार्यक्षमताले उनलाई रुपन्देही–२ का मतदाताबीच विश्वासिलो विकल्प बनाएको छ।
एमालेको बलियो संगठन, स्थानीय तहदेखि केन्द्रसम्मको एकताबद्ध पार्टी संरचना र कार्यकर्ताको सक्रियताले पनि पौडेलको पक्षमा माहोल तयार भएको छ। उम्मेदवारी दर्ताका क्रममा देखिएको जनसहभागिता र समर्थनले यो क्षेत्र एमालेको सुरक्षित किल्ला बनेको संकेत गरेको छ। स्थानीय मतदाताहरू विकास, रोजगारी र स्थायित्वका पक्षमा स्पष्ट देखिएका छन्, जसको प्रतिनिधित्व पौडेलले गर्दै आएका छन्।
पौडेलले रुपन्देही–२ का लागि दीर्घकालीन भिजन अघि सारेनुभएको छ । औद्योगिक विस्तार, कृषि आधुनिकीकरण, सीमा क्षेत्रको व्यापार प्रवर्द्धन, शिक्षामा गुणस्तर सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार उहाँका प्रमुख प्राथमिकतामा छन्। “रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बनाउने” उहाँको दृष्टिकोणले युवादेखि व्यवसायी र किसानसम्मको समर्थन पाइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार विपक्षी दल कमजोर संगठन र स्पष्ट एजेन्डाको अभावमा पछाडि परेका छन्। यस्तो अवस्थामा अनुभवी, प्रभावशाली र परिणाममुखी नेताका रूपमा विष्णु पौडेलको जित लगभग सुनिश्चित जस्तै देखिन्छ।
समग्रमा, संगठन, अनुभव, जनसमर्थन र स्पष्ट विकास भिजन—यी सबै पक्षले रुपन्देही–२ मा विष्णु पौडेललाई निर्विवाद अग्रपंक्तिमा उभ्याएको छ। आगामी निर्वाचनमा उनी भारी मतका साथ विजयी हुने अपेक्षा बलियो बन्दै गएको छ।









प्रतिक्रिया