पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सु

काठमाडौं, ७ पुस ।  देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही भागमा हुस्सु लागेको छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ भने देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने गरेको छ ।महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवा प्रभावित हुन सक्ने तथा लामो÷छोटो दूरीको गाडीका चालकलाई पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस मापन भएको छ ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४।४ डिग्री सेल्सियस रहेको थियो । हिजोको तुलनामा काठमाण्डौमा आज चिसो केही बढेको छ ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  ०९ : ०२  बजे