काभ्रेपलाञ्चोक, ६ माघ । नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अमित लामाले उम्मेवारी दर्ता गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामाले सो क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएनु भएको हो ।
काभ्रेपलाञ्चोक–१ मा एमालेभित्र रेशम लामा, चन्द्रबहादुर लामा लगायतका नेताहरू टिकटका दाबेदार रहे पनि अन्ततः संगठन, राजनीतिक सक्रियता र स्थानीय जनसम्पर्कका आधारमा अमित लामा उम्मेदवार बन्न सफल बन्नुभएको हो । लामो समयदेखि पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहँदै आउनुभएका लामा क्षेत्रका मतदातामाझ परिचित र भरोसायोग्य नेताका रूपमा चिनिनुहुन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार काभ्रेपलाञ्चोक–१ मा एमालेको परम्परागत मत आधार बलियो रहँदै आएको छ।
त्यसमा थप अमित लामाको संगठनात्मक क्षमता, स्थानीय तहसम्मको पहुँच र केन्द्रसँगको मजबुत सम्बन्धले उहाँको उम्मेदवारीलाई जितमुखी बनाएको विश्लेषण गरिएको छ। एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा टुंगिएसँगै अब पार्टी एकढिक्का भएर चुनावी अभियानमा जाने संकेत देखिएको छ। उम्मेदवार दर्ता पछि एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन्। पार्टी स्रोतका अनुसार लामा उम्मेदवार बनेसँगै क्षेत्रका वडा तहदेखि जिल्ला तहसम्म संगठन परिचालन तीव्र बनाइने तयारी छ। यसले निर्वाचनमा स्पष्ट अग्रता दिलाउने विश्वास पार्टीले लिएको छ।। संगठन, विगतका चुनावी नतिजा र वर्तमान राजनीतिक समीकरण हेर्दा यस क्षेत्रमा अमित लामाको जितको सम्भावना बलियो रहेको आँकलन गरिएको छ।









प्रतिक्रिया