बारा, ५ माघ । बारा–४ प्रतिनिधि सभा निर्वाचनमा अनुभवी र प्रभावशाली नेता कृष्णकुमार श्रेष्ठ (किसान)को उपस्थितीसँगै चुनावी माहोल स्पष्ट रूपमा उभिँदै गएको देखिन्छ। मनोनयन दर्ताका लागि बारा–४ आइपुग्दा श्रेष्ठलाई स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले भव्य स्वागत गरेका छन्। स्वागतमा देखिएको जनसहभागिता र उत्साहले यस क्षेत्रको निर्वाचन परिणामबारे धेरै हदसम्म संकेत गरिसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
श्रेष्ठ बाराको राजनीतिमा स्थापित र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। मधेस राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएका श्रेष्ठ विकास, कृषि, रोजगारी र पूर्वाधारका मुद्दामा निरन्तर जनतासँग जोडिनु भएको नेता मानिनुहुन्छ। यही कारणले गर्दा बारा–४ मा श्रेष्ठलाई ‘काम गर्ने र जनतामाझ रहने नेता’का रूपमा लिने गरिन्छ।गत प्रतिनिधि सभा निर्वाचनमा पनि लाईले प्रतिस्पर्धी उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै शानदार जित हासिल गर्नुभएको थियो।
त्यो जित केवल अंकगणितीय मात्र नभई जनविश्वासको स्पष्ट अभिव्यक्ति थियो भन्ने मत अहिले पनि स्थानीय राजनीतिक वृत्तमा दोहोरिन थालिएको छ। यसपटकको निर्वाचनमा पनि अघिल्लो कार्यकालको काम, निरन्तर सम्पर्क र राजनीतिक स्थिरताप्रतिको भरोसाले श्रेष्ठको पक्ष झनै बलियो बनेको देखिन्छ।
मनोनयन गर्न पुग्नुभएका श्रेष्ठ सञ्चारकर्मीसँग कुरा गर्दै तपाईंले बारा–४ का मतदाताप्रति आभार व्यक्त गर्नुभयो। “जनताले पटक–पटक देखाउनु भएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो,” भन्दै श्रेष्ठले त्यो विश्वासलाई विकास र दीर्घकालीन स्थायित्वमार्फत जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। श्रेष्ठको भनाइमा चुनाव केवल पद प्राप्तिको विषय नभई जनताको भविष्य सुनिश्चित गर्ने माध्यम हो। स्थानीयवासीहरूको भनाइ अनुसार, निर्वाचन सकिएपछि पनि श्रेष्ठ क्षेत्रमै सक्रिय रहनु भयो। सडक विस्तार, सिँचाइ आयोजना, विद्यालय तथा स्वास्थ्य संस्थाको सुधारदेखि किसानका समस्यासम्म श्रेष्ठ निरन्तर उपस्थित देखिनु भयो। चुनाव जितेपछि हराउने नेताभन्दा फरक छवि बनाउँदै श्रेष्ठ जनताको दैनिक सरोकारसँग जोडिनु भएको स्थानीयहरू बताउँछन्।
यसपटकको निर्वाचनमा विपक्षी उम्मेदवारहरू संगठन, जनआधार र विश्वसनीयताका हिसाबले श्रेष्ठको तुलनामा कमजोर देखिएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार बारा–४ मा प्रतिस्पर्धा औपचारिकतामा सीमित हुँदै गएको छ। “यो निर्वाचनमा प्रश्न जित्ने–नजित्ने होइन,श्रेष्ठ कति फराकिलो मतान्तरले विजयी हुनुहुन्छ भन्ने मात्र बाँकी छ,” एक स्थानीय विश्लेषकको टिप्पणी छ।
किसान, मजदुर, व्यापारी र युवा वर्गमा श्रेष्ठप्रतिको समर्थन उल्लेखनीय देखिन्छ। विशेषगरी कृषि अनुदान, मलखादको उपलब्धता, स्थानीय उद्योग प्रवर्द्धन र रोजगारी सिर्जनाका विषयमा श्रेष्ठले खेलेको भूमिकालाई मतदाताले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। संसद्मा बारा–४ का मुद्दा मजबुत रूपमा उठाउने नेताका रूपमा श्रेष्ठप्रति भरोसा बढेको देखिन्छ।युवापुस्तामाझ पनि तपाईंको लोकप्रियता विस्तार हुँदै गएको छ। वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने श्रेष्ठको प्रतिबद्धताले युवा मत आकर्षित गरेको छ। यही कारणले यस निर्वाचनमा युवा मत निर्णायक रूपमा श्रेष्ठको पक्षमा जाने अनुमान गरिएको छ।
समग्रमा हेर्दा, बारा–४ मा प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति अनिश्चितता निकै कम देखिन्छ। बलियो संगठन, अघिल्लो कार्यकालको उपलब्धि, जनसम्पर्क र जनविश्वासका कारण कृष्णकुमार श्रेष्ठ (किसान)को जित लगभग सुनिश्चित देखिएको छ। अब राजनीतिक वृत्तमा चर्चा जितको होइन, उहाँ कति ठूलो मतान्तरसहित संसद् प्रवेश गर्नुहुन्छ भन्नेमा केन्द्रित हुन थालेको छ।









प्रतिक्रिया