मनोनयन दर्ता गर्न मोरङ हिँड्नुभयो सुनिल शर्मा

काठमाडौं, ५ माघ ।  नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने बन्नुभएको छ । पार्टीले उहाँलाई आज त्यस क्षेत्रको टिकट प्रदान गरेको हो । शर्मा विशेष महाधिवेशनमा उपस्थित भई सम्बोधनसमेत गर्नुभएको थियो भने नेतृत्व चयनको प्रक्रियाका बेला उहाँ औपचारिक कार्यक्रममा सहभागी हुनुभएको थिएन।

सोही समयमा सानेपामा भएको पार्टी बैठकमा भने उहाँ सहभागी हुनुभएको थियो । निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई पार्टीको आधिकारिकता दिएपछि नेता शर्मा पार्टीभित्रका कांग्रेसीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउँदै आउनुभएको छ। मनोनयन दर्ता गर्न नेता शर्मा पत्नीका साथ आजै काठमाडौंबाट मोरङ प्रस्थान गर्नुभएको छ ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  २१ : ०८  बजे