झापा पुग्नुभयो अध्यक्ष ओली

काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नु भएको छ । उहाँ केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुग्नुभएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ ।ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैहुनुहुन्छ । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  १२ : ५८  बजे