मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँ रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी गर्नुभएको छ । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोड्नुभएको हो ।‘ मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले भन्नुभयो ,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’ उनले अब चुनावका लागि आफू होमिने बताउनुभयो। उहाँ जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  ११ : ००  बजे