काठमाडौं, ५ माघ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।
बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।
https://drive.google.com/file/d/1B-EtIBiNe_Q0hHMG7OTRVG1SDqTk8EzD/view?usp=sharing









प्रतिक्रिया