काठमाडौँ, ४ पुस । नेकपा एमालेका सचिव महेश बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताउनुभएको छ । आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताउनुभएको हो । ‘
देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, बस्नेतले भन्नुभयो, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’ नेता बस्नेतले यस पटकको चुनावमा गुगलमा बालेन र रवि भूगोलमा केपी ओली हुने दाबी गर्नुभयो ।









प्रतिक्रिया