उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने आयोगको संकेत

काठमाडौं, ४ माघ। प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ ।दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।

विभिन्न दलबाट मिति सार्ने दवाव आएको आयोगका एक आयुक्तले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे ती आयुक्तले आइतबार भन्नुभयो, ‘चौतर्फी दबाब आएको छ, सर्वदलीय सहमति भयो भने एक दुई दिन मिति सर्न सक्छ ।’२१ फागुनको चुनावको मिति प्रभावित नहुनेगरी मनोनयनको मिति सार्न लागिएको हो । आयोगको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएका छन् । देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  १४ : ५९  बजे