काठमाडौं, ३ माघ । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
धनुषाको मिथिला नगरपालिका११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताउनुभयो । आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया