काठमाडौं, २ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताउनुभयो ।निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि संचारकर्मी कुराकानी गर्दै थापाले भन्नुभयो । , ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’ उहाँले, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आजैदेखि एकढिक्का भएर पार्टीको काममा लागौं ।’
267
Shares









प्रतिक्रिया