काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आन्दोलनका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ।
निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभरि आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभएको हो । विधान विपरीत गलत निर्णय भयो भने आन्दोलन गर्नुको विकल्प हामीसँग छैन, उहाँले भन्नुभयो । उहाँले निर्वाचन आयोगबाट गलत निर्णय पनि हुनसक्ने आशंका व्यक्त गर्नुभयो । ‘हामीमाथि कुनै षड्यन्त्र हुनसक्छ। गलत निर्णयविरुद्ध आवश्यक परे विरोधमा जानका लागि तयार रहनुपर्छ, उहाँले भन्नुभयो । गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुने उहाँको चेतावनी थियो ।
कार्यवाहक सभापति खड्काले आफूहरूले निर्वाचनमार्फत संविधानलाई ट्र्याकमा ल्याउन चाहेको र निर्वाचन आफूहरूको पहिलो प्राथमिकतामा भएको बताउनुभयो ।









प्रतिक्रिया