केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गदै हुनुहुन्छ । आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा –विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १० : ११  बजे