काठमाडौं, १ माघ । काठमाडौं उपत्यकामा आज तापक्रम केही बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । तराईका केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपछि विस्तारै आकाश खुल्दै जाने महाशाखाले जनाएको छ ।अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तापक्रममा क्रमिक वृद्धि हुँदै गएसँगै चिसोको प्रभाव पनि हिजोको तुलनामा कम महसुस गरिएको छ । बिहान र बेलुकी चिसो रहे पनि दिउँसो भने न्यानो महसुस हुँदै गएको छ ।
0
Shares








प्रतिक्रिया