काठमाडौं, ३० पुस । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।उहाँको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत हुनुहुन्थ्यो।सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिनुभएको थियो ।
ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आउनुभएका बोहराको निधन भएको हो ।वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उहाँले राजनीतिक जीवन सुरु गर्नुभएको थियो । भिमदत्त पन्त र वि.पी.कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गर्नुभएका बोहराले पाँच वर्ष जेल जीवन बताउनुभएको थियो । उहाँ कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुनुहुन्थ्यो ।








प्रतिक्रिया