काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।
विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताउनुभएको छ । उहाले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् ।








प्रतिक्रिया