पूर्णबहादुर खड्काले सानेपामा भने– पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ

काठमाडौं, ३० पुस  । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयनको गृहकार्य गरिहेका बेला सानेपामा संस्थापन पक्षको भेला सुरु भएको छ ।हिजोदेखि लम्बिइरहेको केन्द्रीय समितिको बैठक आज बस्ने तयारी छ ।सानेपा पुगेका कार्यकर्तालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी जोगाउन नसकिएको बताउनुभयो ।

“उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,” खड्काले भन्नुभयो “सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो । हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।”उहाँका अनुसार विशेष महाधिवेशन पक्षधर पार्टी फुटाउनेतर्फ नै अघि बढेका छन् । “उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,” उहाँको भनाई थियो,“त्यसैले सहमति हुन सकेन ।”

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  १२ : ३४  बजे