काठमाडौं, २९ पुस। नेपाली कांग्रेसका नेता एनपी साउदले भृकुटीमण्डपमा विशेष महाधिवेशन नभएर भेला मात्र भएको बताउनुभएको छ ।पार्टी कार्यालय सानेपाबाट मंगलबार साँझ बाहिरिने क्रममा साउदले पार्टीको महाधिवेशन नियमित कार्यतालिकामै हुने बताउनुभयो ।विशेष महाधिवेशन पक्षका नेताहरू पार्टी नफुट्ने गरी फर्किने उहाँको विश्वास छ ।
त्यो विशेष महाधिवेशन होइन, भेला हो । त्यहाँ जानुभएका साथीहरू पार्टी नफुट्ने गरी फर्किनुहोला भन्ने हाम्रो विश्वास छ, साउदले भन्नुभयो ।विशेष पक्षकै नेताहरूको समेत उपस्थितिमा नियमित महाधिवेशनको कार्यतालिका आएको भन्दै साउदले पार्टी त्यसैमा केन्द्रित रहेको बताउनुभयो।









प्रतिक्रिया