कांग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

काठमाडौं, २९ पुस  । नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ ।

केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरि सार्वजनिक गरेको हो ।निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया शुरू भएका छन् । यस्तै मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।उम्मेदवारको अन्तिम नामावली राति पौने ९ बजे प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १४ : ३८  बजे