प्रचण्ड र नेपालले लिए नेकपाको शपथ

काठमाडौं, २९ पुस  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिनुभएको छ । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उहाँहरूले शपथ लिनुभएको हो । उहाँहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गर्नुभएको छ । जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् ।

सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गर्नुभएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गर्नुभएको छ ।अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १४ : ३४  बजे