काभ्रेपलाञ्चोक, २९ पुस । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो ।जलेको अवस्थामा भेटिएको शव केही दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म शवको पहिचान हुन नसकेको तथा ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने गरेको उनी सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया