काठमाडौं, २९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् ।
विभिन्न १७ घटक मिलेर बनेको नेकपाका केन्द्रीय कमिटी सदस्यले एकै दिन शपथ लिने कार्यक्रम तय भएको हो ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र रहेका केन्द्रीय सदस्यहरुले दिउँसो १२ बजे भौतिक रूपमा उपस्थित भएर शपथ लिनेछन् ।
उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरुले भने सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमार्फत भर्चुअल रूपमा शपथ ग्रहण गर्ने पार्टीले जनाएको छ ।शपथ ग्रहण कार्यक्रमबारे जानकारी दिँदै नेकपाका नेता अग्नि सापकोटाले पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीलाई औपचारिक रूपमा सक्रिय बनाउने उद्देश्यले शपथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।









प्रतिक्रिया