काठमाडौं, २९ पुस ।विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गर्नुभएको छ। समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य हुनुहुन्छ ।
सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग सम्वाद गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई जिम्मा दिनुभएको छ । ‘अब सभापति देउवा पक्षले जतिबेला वार्तामा बोलाए पनि हामी तयार छौँ। तर अहिलेसम्म उहाँहरूले हामीलाई केही खबर गर्नुभएको छैन। उहाँहरू हठ त्यागेर आउने हो भने कुरा गर्न तयार छौँ’ वार्ता समितिका सदस्य देवराज चालिसेले भन्नुभयो ।









प्रतिक्रिया