काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाउनुभएको छ।
महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाउनु भएको हो ।छलफल ३ बजेबाट देउवा निवासमा सुरु हुनेछ। विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भङ्ग गरी नयाँ नेतृत्व ल्याउने कार्यविधि ल्याइसकेको छ।









प्रतिक्रिया