काठमाडौं, २८ पुस । काठमाडौंको न्यूनतम तापक्रम हिजोको तुलनामा आज केही बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने अस्ति २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।
महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको मौसम दिनभर नै सफा रहनेछ । यस्तै, आज बिहान तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु लागेको भए पनि दिउँसोपछि भने आकाश खुल्ने महाशाखाले जनाएको छ ।अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान, आवश्यक घरबाहिर ननिस्कन तथा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीको विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।









प्रतिक्रिया