काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न नसकिने बताउनुभएको छ । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताउनुभयो ।
हिजोभन्दा आज कांग्रेसले आफूभित्रको चुनौतीको सामना गरिरहेको भन्दै महामन्त्री शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताउनुभयो । उहाँले आउँदा दिनमा आफूहरू नवयुवाले मागेको सुशासनको मागलाई समेत पूरा गर्ने ल्याकत राख्ने उल्लेख गर्नुभयो ।
शर्माले भन्नुभयो ’तपाईंहरूले माग्नु भएको थियो सुशासन । हामीले त्यसैका लागि सङ्कल्प गरेका हौँ । अनि हामी जमेर बसेको पोखरीजस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।’








प्रतिक्रिया