काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो ।
उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्याएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ ।
शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले संदेशमार्फत् देश अहिले सङ्कटमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया