शिक्षामन्त्री पुनको प्रश्न– विदेश घुमेर अर्थतन्त्र बन्छ ?

काठमाडौं, २५ पुस । शिक्षामन्त्री महावीर पुनले हालै एक मन्त्रीको विदेश भ्रमणका विषयमा भएको विवाद लक्षित टिप्पणी गर्नुभएको छ । आफूलाई पटक–पटक भ्रमणको निम्ता आउँदा पनि विदेश नगएको भन्दै उहाले विदेश गएर देश नबन्ने बताउनुभएको हो ।

‘म मन्त्री भएपछि पहिला पनि तीन वटा विदेश भ्रमणका निमन्त्रणा आए पनि गएनँ। अहिले पनि दुई वटा निमन्त्रणा आएको छ। यसमा पनि जान्नँ,’ मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । साथै,उहाँले देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आएपनि केही प्रगति नहुने जिकिर गर्नूभएको छ ।

देश बन्न पैसा चाहिने तर हामीसँग पैसा नभएको उहाँको भनाई छ। ‘देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन। किनभने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?,’ उहाँले लेख्नुभएको छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १३ : ४०  बजे