विशेष महाधिवेशन विधानसम्मत हो, सभापति सहभागी हुनुपर्छ :गगन थापा

काठमाडौं, २४ पुस ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताउनुभएको छ । पार्टीकै साथीहरूले उक्त महाधिवेशन आयोजना गरेको भन्दै थापाले त्यसमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्‍याइदिन भनेको बताउनुभयो । आज फेरि मैले यहाँ भनेको छु कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई पनि यो कुरा पुर्‍याइदिनुहोला । अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापति २७ गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो । विधानसम्मत आयोजना हो । त्यो अधिवेशनमा उहाँ सभागी हुनुपर्छ । त्यो अधिवेशनमा उहाँ सहभागी हुने कुराले उहाँको पनि मान बढाउँछ,ू थापाले बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भन्नुभयो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  २० : ४८  बजे