काठमाडौं, २४ पुस । नेकपा एमालेले २ सइ ७७ जना नेतालाई जिल्लाको चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठककको निर्णयअनुसार मातहतका कमिटीलाई सर्कुलर पठाएर नेताहरुको जिम्मेवारी तोकेको हो । जसअनुसार ताप्लेजुङ संयोजकमा तिलकुमार मेन्याङ्बो लिम्बु हुनुहुन्छ भने सदस्यमा क्षितिज थेवे हुनुहुन्छ ।
यस्तै झापा संयोजकमा रोमनाथ ओली र सदस्य अग्नि खरेललगायतका नेताहरु हुनुहुन्छ । यस्तै दोलखा संयोजकमा पार्वत गुरुङ, नुवाकोट संयोजकमा केशवराज पाण्डे, काठमाडौँ संयोजकमा रामेश्वर फुँयाल हुनुहुन्छ । प्रतिनिधिसभा पुनर्स्थापना नै प्रतिगमनबाट मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउने सबैभन्दा उपयुक्त र सुरक्षित बाटो हो भन्ने मान्यतामा पार्टी दृढ रहेको एमालेको भनाइ छ । तर, जुनसुकै अवस्थामा निर्वाचन गरिछोड्ने भन्ने सरकार र निर्वाचन आयोगको तयारी तथा अन्य दलहरू समेत निर्वाचनको पक्षमा देखिएको अवस्थामा निर्वाचनबाट अलग बस्ने कुरा उचित नहुने भन्ने मान्यताका आधारमा केन्द्रीय सचिवालयको बैठकले निर्वाचनलाई समेत आन्दोलनकारी ढङ्गले अघि बढाउने निर्णय गरेको एमालेको भनाइ छ । सोहीअनुसारमा पार्टीले जिल्लाको चुनावी अभियान तथा पार्टी कामको संयोजनको जिम्मेवारी तोकेको एमालेको भनाइ छ ।








प्रतिक्रिया