राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट

काठमाडौं, २४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर। थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १६ : ३८  बजे