वासिङ्टन, २४ पुस । उटाहको साल्ट लेक सिटीमा आज भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउँदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारलाई बताउनुभएको छ ।
प्रहरीले आठ जना पीडित मध्ये कम्तिमा दुई जनाको चोट पटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ । प्रहरीले संदिग्धको खोजिको लागि अनुसन्धान सुरु गरेको बताएको छ ।
पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक सङ्कट निम्त्याएको जनाइएको छ ।









प्रतिक्रिया