काठमाडौं, २४ पुस । हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ ।सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो ।त्यस्तै हिजो अहिलेसम्मकै उच्च भएको चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ । चाँदी १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ थियो ।
42
Shares









प्रतिक्रिया