काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।
बुधबार ओली निवास गुण्डुमा उहाँहरूबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भए पनि दुई पार्टीका अध्यक्षबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको बुझिएको छ ।








प्रतिक्रिया