काठमाडौं, २३ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरू अपराधी भएको बताउनुभयो । उनीहरूलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै कड्किनुभयो । अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उहाँको प्रश्न छ। निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको बताउनुभयो ।
खनालले भन्नुभयो, ‘सरकारी सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन्। यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्दैन ? अनि ती अपराधी दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? चुनाव भयो भने पनि के परिणाम आउँछ होला।’ देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताउनुभयो। शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो।








प्रतिक्रिया