काठमाडौं, २३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गरेको छ । आयोगले आज प्रदेशस्तरमा उम्मेदवारको मनोनयन दर्ता गराएको हो ।यसैबीच एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध हुनुभएको छ ।
नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका सङ्खुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो ।चुनावमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिएर गठबन्धन गरेका हुन् । त्यही गठबन्धनमा रहन छलफल गरिरहेको भए पनि नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० भने आज अन्तिम समयमा बाहिरिएर एक्लै प्रतिस्पर्धा गरेको छ ।
राष्ट्रियसभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन हुन लागेको हो । राष्ट्रपतिबाट मनोनीत हुने सिटमा भने सरकारले सीधै सिफारिश गर्नेछ ।राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा र पालिकाका मेयररउपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । पालिकाका प्रमुख तथा उपप्रमुखले दिने एक भोट बराबर १९ मत र प्रदेशसभा सदस्यले दिने एक भोट बराबर ५३ मत गनिन्छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसङ्ख्या र नेपालभरिका कुल प्रदेशसभा सदस्य ५ सय ५० को भागफललाई एक हजारले भाग गरेर प्रदेशसभा सदस्यको मत भार ५३ र यस्तै विधिबाट पालिकाका प्रमुखरउपप्रमुखको मतभार १९ निकालिएको निर्वाचन आयोगले जनाएको छ ।अघिल्लो पटक राष्ट्रियसभाको चुनाव हुँदा पुरानो जनसङ्ख्या कायम रहेकोले प्रदेशसभा सदस्यको मत भार ४८ र पालिकाका प्रमुखरउपप्रमुखका लागि १८ थियो ।








प्रतिक्रिया