राष्ट्रिय सभाका लागि एमालेले टुंग्यायो उम्मेदवार (को काहाँ बाट नामसहित)

काठमाडौं, २३ पुस । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।एक पदाधिकारीका अनुसार रोशनी मेचे, बाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा राम कुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सदूर पश्चिममा लिला भण्डारी छन् ।

रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव हुन् । त्यस्तै रामकुमारी झाँक्री एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नेत्री हुनुहुन्छ। निर्वाचन आयोगका अनुसार १८ सिटका लागि हुन लागेको निर्वाचनमा आजै उम्मेदवार दर्ता गर्ने कार्यक्रम रहेको छ ।

एक सिटमा भने सरकारले मनोनीत गर्नेछ । कांग्रेस एमाले र नेपाल कम्युनिस्ट पार्टी र जसपा नेपाल जसपाबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाउने तयारी छ । गठबन्धन अनुसार एमालेले सात, कांग्रेसले सात, नेकपाले ३ र जसपा नेपाल तथा लोसपाले एकरएक सिट पाउने समझदारी भएको छ र यसका बारेमा आजै टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १० : २१  बजे