काठमाडौं, २३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो टीकापुर हत्याकाण्डलाई राजनीतिक सम्झौता गरेपछि सभापति रवि लामिछानेको पुरानो अभिव्यक्ति भाइरल भएको छ । उहाँले सञ्चारकर्मी छँदा टेलिभिजनमा बोल्दै टीकापुर हत्याकाण्डलाई जघन्य अपराधको रूपमा चित्रण गर्नुभएको थियो ।
टीकापुर हत्याकाण्डका एक अभियुक्त लक्ष्मण थारु लगायत केही थरुहट नेतालाई पार्टी प्रवेश गराउने क्रममा रास्वपाले उक्त सम्झौता गरेको हो । सञ्चारकर्मीका रूपमा रविले बोलेका कुरा र हिजो गरेको सम्झौताका शब्दहरू ठ्याक्कै विपरीत दिशामा छन् । सम्झौताको पाँचौं बुँदामा लेखिएको छ, ‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि शान्ति सुरक्षा-सुरक्षासँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने ।’ टीकापुर घटना हुँदाका बखत रवि न्यूज २४ च्यानलमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउदा त्यस कार्यक्रममा उहाँले यो घटनाको निकै कडा शब्दमा भर्त्सना गर्नुभएको थियो । टीकापुर काण्डलाई ‘राजनीतिक घटना’ को रूपमा मोड्न खोजिएको भन्दै तीव्र निन्दा गरेका थिए । घटनामा संलग्नहरूलाई उहाँले दुई कौडीका गुण्डा समेत भन्न भ्याउनु भएको थियो ।
भिडियो









प्रतिक्रिया