काठमाडौं, २२ पुस । नेकपा (एमाले)ले राष्ट्रियसभामा आफूहरूले सात सिट पाउनुपर्ने दाबी गरेको छ । हरेक प्रदेशबाट एक सिट पाउनुपर्नेमा आफूहरूले जोड दिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो । अरू पार्टीसँग तालमेल गर्ने निर्णय गरिए पनि कुन क्लस्टर पाउने भन्ने निश्चित भइनसकेको उहाँले जानकारी दिनुभयो।
आज मंगलवार च्यासलमा बसेको सचिवालय बैठकबाट उमेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिइएको भट्टले बताउनुभयो । राष्ट्रियसभाका १८ पदका निम्ति आउँदो माघ ११ गते निर्वाचन हुँदै छ । उमेदवारको मनोनयनपत्र बुधबार (पुस २३) दर्ता गरिँदै छ ।








प्रतिक्रिया