सुनचाँदीको मूल्यमा आज पनि उकालो यात्रा कायमै

काठमाडौं, २२ पुस ।  नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ।सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। सोमबार सुनप्रतितोला २ लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी चाँदी मंगलबार ४ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको हो। सोमबार तोलामा ४ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ९५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनप्रतिऔंस ४ हजार ४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  १३ : ३१  बजे