काठमाडौं, पुस २२। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन गरेको छ।
आज सम्पन्न सचिवालय बैठकले आगामी निर्वाचनका लागि घोषणापत्र तयारीको जिम्मेवारी अध्यक्ष ओलीकोहीले संयोजकत्वमा रहने गरी समिति गठन गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
उक्त बैठकले निर्वाचन परिचालनका लागि पनि छुट्टै कमिटी गठन गरेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहनुभएको छ।








प्रतिक्रिया