ठमेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार, २ विचौलिया पक्राउ

काठमाडौं, २२ पुस  । प्रहरीले ठमेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार गरेको छ । यस्तै २ जना विचौलियालाई पक्राउ पनि गरेको छ । संचयकोष चोक नजिक बा २ ज २३२७ नम्बर को ट्याक्सीमा शङ्कास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजी समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।महिला तथा बालबालिकाहरूलाई ललाई फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएकोले निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार कसूर र मानव बेचबिखन तथा ओसारपसार कसूर उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  ०९ : १२  बजे