काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेर सकिएको छ ।कांग्रेसले ८ सिट दाबी गरे पनि अन्य दलहरूसँग सहमति नभइसकेकाले सिट तोक्नु उपयुक्त नहुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाइ थियो ।
उहाँले बैठकमा तालमेलका विषयमा समझदारी मात्र भएको भन्दै सिट बाँडफाँटको विषय सहमतिपछि मात्र सार्वजनिक गर्नु उपयुक्त हुने बताउनुभएको थियो ।कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले आजै साँझ सिट बाँडफाँटमा सहमति हुने बताउनुभयो ।बैठकमा कार्यवाहक सभापति खड्काले कांग्रेसले तालमेलमा ८ सिट दाबी गरेको ब्रिफिङ गर्नुभएको थियो । कांग्रेस–एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सिट बाँडफाँटको प्रस्तावमा कांग्रेसले मधेसकेन्द्रित दललाई पनि सामेल गराउने प्रस्ताव गरेको छ ।अब यी दलहरूबीच सिट बाडफाँट हुनेछ । जसपा अध्यक्ष उपेन्द्र यादवले दुई सिट दाबी गरेका छन् । अन्य दलले एक सिट मात्र दिन सकिने विकल्प बताइरहेका छन् । राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते चुनाव हुँदै छ ।









प्रतिक्रिया