काठमाडौं, २१ पुस । मध्यपुर थिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्।जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई हुन्।
घटनास्थलमा पुगेको प्रहरी वृत्त ठिमीको टोलीले उनले कन्चटमा गोली हालेर आत्महत्या गरेको भेटेको हो। मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ। दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ।
जिएस–५ लेखिएको जर्मन बन्दुकले गोली हानेको पाइएको प्रहरीको भनाइ छ।









प्रतिक्रिया